यस्तो छ आज सुनचाँदीको भाउ — OSNepal

यस्तो छ आज सुनचाँदीको भाउ

LC (KTM) April 17, 2023 0

काठमाडौं, ४ वैशाख । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार पनि सोहिमूल्यमा सुनको भाउ निर्धारण भएको थियो । महासंघका अनुसार सोमबार चाँदीको मूल्य भने स्थिर छ। सोमबार चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर