कपिलवस्तु ४ साउन । चोरीको मोटरसाइकल सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तुका यशोधरा गाउँपालिका ५ लोहरौली बस्ने २१ वर्षीय तौफिक पठान रहेका छन् ।
निजलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले जांच गर्नेक्रममा तौफिकलाई कागजपत्र नभएको मोटरसाइकल सहित फेला पारेको हो । उक्त बरामत गरिएको बा.७२ प ६३११ नम्बरको पल्सर मोटसाइकल नगरपालिका १ नयाँटोल बस्ने मोहम्मद वाजीह अरसदको रहेको खुल्न आएको छ ।
निजमाथि चोरी मुद्धामा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।