काठमाडौँ ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष नेता डा। बाबुराम भट्टराईले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध बगाएकोलाई आलोचना गरेको प्रति टिप्पणी गरेका छन् ।
नेता भट्टराईले ‘आस्था डरलाग्दो चीज हो । यसले तिमीलाई दुध फाल्ने र मुत्र पिउने बनाउँछ’ भनी टिप्पणी गरेका थिए । यही विषयलाई लिएर नेता थापाले भट्टराई भनेका छन् ।
‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिं बिर्सिनुभयो ?’ भट्टराई प्रति आक्रोशित देखिएका थापाले आगोसँग नखेल्न समेत भट्टराईलाई चेतावनी दिएका छन् ।
उनले भनेका छन् , ‘प्रिय सहपाठी बाबुराम र आस्थालाई धर्मसँग तुलना नगर्नुहोस् ।’