नेपाली सर्वहारा श्रर्मजीवी वर्गका जनताको हक हितको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था भएको भन्दै नेपालले सार्वजनिक गरे पार्टीको घोषणा पत्र — OSNepal

नेपाली सर्वहारा श्रर्मजीवी वर्गका जनताको हक हितको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था भएको भन्दै नेपालले सार्वजनिक गरे पार्टीको घोषणा पत्र

LC (KTM) August 24, 2021 0

काठमाडौ ८ भदौ । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)दललाई भोली बुधबार नौ गते निवार्चन आयोगले सनाखतको लागि बोलाएको छ ।

आयोगले बोलाएसँगै अध्यक्ष माधव नेपाल पक्षका नेताहरु काठमाडौंको चन्द्रागिरी रिसोर्टमा पुगेका छन् । दूई दिनको लागि आफ्ना नेताहरुलाई रिसोर्ट बुकिङ गराएका नेपालले केन्द्रीय सदस्य र सांसदहरुको बैठकका क्रममा अध्ययनका लागि भन्दै उपस्थित ४६ जना केन्द्रीय सदस्यहरुलाई पार्टीको घोषणापत्र वितरण गरेका थिए ।

घोषणा पत्रमा भनिएको छ, ‘नेपाली सर्वहारा श्रर्मजीवी वर्गका जनताको हक हितको प्रतिनिधित्व गर्ने राजनीतिक संस्था हो । यस पार्टीको रणनितिक लक्ष्य लोकतान्त्रिक मुल्य मान्यता सहितको वैज्ञानिक समाजवाद हो ।’

नेपाल कम्युनिस्ट पार्टीले सुरुदेखि नै अगाडि सार्दै आएको वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य हासिल गर्न दृढतापूर्वक अघि बढ्नेछ उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ ।

यतिबेलाको नेपाली समाजमा विद्यमान शोषणको मूल रूप पुँजीवादी हो र त्यो दलाल नोकरशाही चरित्रको भएको भन्दै मार्क्सवाद–लेनिनवाद, क्रान्तिकारी चरित्रको वैज्ञानिक विश्व दृष्टिकोण र श्रमजीवी वर्गको मुक्ति एवम् समाज परिवर्तनको मार्गदर्शक सिद्धान्त आफ्नो पार्टी भएको समेत घोषणा पत्रमा उल्लेख गरिएको छ ।

घोषणापत्रको यस्तो छ पूर्ण पाठ :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर