संविधानबाट कोही असन्तुष्ट होलान्, तर संविधान नमान्ने कोही छैनन् : प्रदीप ज्ञवाली — OSNepal

संविधानबाट कोही असन्तुष्ट होलान्, तर संविधान नमान्ने कोही छैनन् : प्रदीप ज्ञवाली

LC (KTM) September 19, 2021 0

काठमाडौं असोज ३ । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफुहरु संविधान कार्यान्वयनको नचुकेको बताएका छन् । संसद विघटन गर्नु संविधान माथि प्रहार नभएको बताएका उनले जनताको बीचमा गएर नै लोकतन्त्र बलियो हुने बताएका छन् ।

‘विगत ६ वर्षमा पचासौं कानुन बने, संविधानका प्रत्येक दफा कार्यान्वयनका क्रममा छन् । संघीयता कार्यान्वयन भएर तीनै तहका सरकार क्रियाशील छन् । विभेदको अन्त्य, समानता र सामाजिक न्याय कार्यान्वयनको प्रयास सुरु भएका छन् । बीचमा केही उतारचढावको सामना गरे पनि अब हरेक सरकारले समतामूलक समाज निर्माणका लागि संविधान कार्यान्वयन नगरी धर पाउँदैनन् ।’ आज बिहान एक कार्यक्रममा उनले भने ।

संविधानमा केही विमति रहे पनि संविधान कार्यान्वयन सकारात्मक दिशामा गएको नेता ज्ञवालीले बताएका छन् ।

‘संविधान जारी गर्दा महन्थ ठाकुर, उपेन्द्र यादवहरुको पार्टी विरोधमा थिए । पछि उनीहरु आफैं सरकारमा गए । देश विखण्डन गर्छुु भन्ने सीकेराउत र हतियार उठाएका नेकपाको विप्लव समूह शान्तिपूर्ण बाटोमा आएका छन् ‘ उनले अघि भने ।

संविधानको मर्मबाट विचलन भएर नैतिकता र बारबन्देज नाघेर सत्तालिप्सा देखाउनु संविधानको लागि समस्या भएको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर