नेपाली लोक दोहोरी क्षेत्रकी लोकप्रिय गायिका शिला आलेको आमाको अकालमै निधन भएको हो।केहि महिना अगाडी आमा गुमाएकी शिला र १ बर्ष अगाडी बाबा गुमाएका बद्री पंगेनी मिडियामा एक्कासी रुन पुगे।दुबैको कथा उस्तै थियो पिडा पनि।आमा संग लामो समय बिताउन नपाएकी शिलाले आमालाइ अन्तिममा भने आफ्नै काखमा राखेर बिदाइ गरिन।
आमा थोरै बिरामी रहेको खबर पाए संगै सिला माइतीघर पुगेकी थिइन,बिरामी आमाको उपचार गर्न काखमा राखेर राजधानी हिडेकी शिलाले बीच बाटोमै आमा गुमाएकी हुन्।सायद यही पीडाले हुन सक्छ शिलालाइ पटक पटक आमाको याद र झल्कोले रुवाउने गर्छ।
उता बद्री पंगेनीको पनि उस्तै अबस्था भएको थियो।दुवै आमा र बाबा गुमाएका बद्रीले हरेक पटक पछुतो महसुस गर्ने गर्छन,आमाको निधन भएको केहि समय बित्न नपाउदै उनको बाबाले पनि यो संसार छाडेका थिए सोहि कारण पनि हुन सक्छ बद्री एक्कासी रुन पुगे।
भाबुक देखिएका बद्री र शिलाको आँखामा हरेक पटक आमा बा देखिन्थे।सबैको माया पाएकि शिला आमाको निधन पछि झन्डै ३ महिना दोहोरी समेत गाउन सकिनन्,आफु निकै पिडामा भएको कारण दोहोरी न गाएको तर पुराना दोहोरीहरु अपलोड भएको बताए।
दोहोरी अपलोड भए संगै उनीमाथि दर्शक खनिएका थिए।शिलाले आफ्नो आमा गुमेको बेलामा पनि दोहोरी गाएको भन्दै कमेन्ट मा गालि आको बताउने सिलाले आफुलाई ति कमेन्टले झन् रुवाएको बताउछिन।आमाको निधनमा यसलाई रमाइलो भन्दै कमेन्ट आए पछि उनि झन् रुन पुगेकी हुन्। हेरौ यो बिशेष कुराकनी