मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै राष्ट्रपति भण्डारी — OSNepal

मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै राष्ट्रपति भण्डारी

LC (KTM) April 14, 2022 0

राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार मुस्कान खातुनलाई जनसेवाश्री मानपदवी प्रदान गर्दै । तस्बिरः प्रदीपराज वन्त÷रासस

राससका तीन पत्रकार सुशोभित
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवस (राष्ट्रिय दिवस), २०७८ का अवसरमा घोषित विभिन्न विभूषण तथा मानपदवीबाट विशिष्ट व्यक्ति, राष्ट्रसेवक र सामाजिक क्षेत्रका व्यक्तिहरूलाई आज सुशोभन गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रिय समाचार समिति (रासस)का तीन पत्रकार सुशोभित हुनुभएको छ । राससका वरिष्ठ समाचारदाता मोहम्मद सदरुल र सहसमाचारदाता भीष्मराज ओझा प्रबल जनसेवाश्री विभूषणबाट तथा फोटो पत्रकार रोशन सापकोटा जनसेवाश्री विभूषणबाट सुशोभित हुनुभएको हो । गत असोज ३ गतेको संविधान दिवसका अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीबाट घोषित मानपदवी विभूषण आज प्रदान गरिएको हो ।

नेपाल रत्न मानपदवीबाट पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराई, राष्ट्र गौरवबाट मन्त्रिपरिषद्का पूर्वअध्यक्ष स्व सुवर्णशमशेर राणा र पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महाउज्ज्वल राष्ट्रदीपबाट राजनीतिज्ञहरु स्व तुल्सीलाल अमात्य, स्व मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, प्रजातान्त्रिक योद्धा स्व दुर्गानन्द झा र स्वरसम्राट स्व नारायणगोपाल गुरुवाचार्यलाई सुशोभित गरिएको थियो ।यस्तै सुप्रसिद्ध प्रबल जनसेवाश्रीबाट राजनीतिज्ञहरू प्रदीप नेपाल, स्व पोष्टबहादुर बोगटी र स्व मार्शलजुलुम शाक्य, उज्ज्वल कीर्तिमय राष्ट्रदीपबाट सर्वाेच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सुशोभन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर