शाहरुख खान आर्यनको बारेमा भन्छन्– आर्यन केटीहरुसँग घुमफिर गरून्, शारिरीक सम्बन्ध राखुन् , यो सबै उमेरमै गर्ने हो — OSNepal

शाहरुख खान आर्यनको बारेमा भन्छन्– आर्यन केटीहरुसँग घुमफिर गरून्, शारिरीक सम्बन्ध राखुन् , यो सबै उमेरमै गर्ने हो

LC (KTM) June 17, 2022 0

बलिउड अभिनेता आफ्ना सन्तान प्रति जति कडा रुपमा प्रस्तुत हुन्छन् उति नै नरम र उदार पनि छन् । उनले आफ्ना सन्तानका लागि परिवार र समाजमा रहदा बस्दाका लागि केही नियमहरु बनाएका छन् । त्यस्तै उनी चाहान्छन् आफ्ना छोरा छोरीले मस्ती रमाईलो पनि खुबै गरुन् । उमेर छदै रमाईलो गर्न, हाँसखेल गर्न पाउनु पर्छ भन्ने उनको मान्यता रहेको छ ।

यसैक्रममा एक अन्र्तबार्ताका क्रममा आफ्ना छोराले के के गरुन् भन्ने चाहना उनले राखेका छन् । उनले यो कुरा हाँसि मजाकमा भने पनि पछिल्लो समय छोरा आर्यन ड्रग्स केसमा फस्नुले कतै शाहरुखले नै हौस्याएको त हैन भन्ने सवाल जवाफ पनि दर्शकको मनमा उब्जाएको छ । शाहरुखले अन्तर्वार्तामा भनेका थिए– म चाहन्छु आर्यन राम्रो केटा नबनोस्’ ।

शाहरुखले मजाकमा यो कुरा भने पनि अहिले ड्रग्स केसमा आर्यनको नाम आए सँगै शाहरुखले ठट्टा गर्दै ‘आफ्नो छोरालाई बिगार्न कुनै कसर बाँकी नराख्ने’ पनि भनेका छन् । उनले भने– आर्यन केटीहरुसँग घुमफिर गरून्, ड्रग्स सेवन गरून्, यौन सम्पर्क गरून् । उसले हरेक नराम्रो काम गर्न पाउनु पर्छ । उमेरमै जिन्दगीको मजा लिन सिक्नु पर्छ । तर आर्यनकी आमा गौरी भने छोरा छोरी असल बनुन् , सत्मार्गमा हिडुन भन्ने चाहान्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर