कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा — OSNepal

कोरोना सङ्क्रमणबाट स्वास्थ्यकर्मीको निधन, नगरपालिकामा शोक विदा

LC (KTM) May 27, 2021 0

कञ्चनपुर, १३ जेठ- बेदकोट नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत नर्सिङ निरीक्षक सरस्वती कार्कीको कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा निधन भएको छ । कार्कीको निधन पछि नगरपालिका आज शोक विदा दिईएको छ । नगरपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य चौकी र स्वास्थ्य संस्थाहरूमा शोक विदा दिईएको छ । कार्कीको बुधबार राति बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।

नगरपालिकाका कार्यरत राष्ट्रसेवक कर्मचारी कार्कीको असामयिक निधनले स्तब्ध र दुखित भएको नगर प्रमुख असोक चन्दले बताउनुभयो । नगरपालिकाले एक इमान्दार, असल कर्तव्यनिष्ठ राष्ट्र सेवक गुमाएको उहाँले बताउनुभयो । कोरोनाका बिरामीका लागि स्वास्थ्य सुरक्षा सामग्री व्यवस्थापनको कार्यमा निरन्तर खटिनु भएकी उहाँलाई वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

कोरोनाको सङ्क्रमण भएपछि होम आइसोलेशन बस्दै आउनु भएकी कार्कीको स्वास्थ्य अबस्था जटिल बनेपछि महाकाली अस्पतालमा भर्ना गरिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा लगिएको थियो । कोरोनाको दोस्रो लहरमा निधन हुने उहाँ पहिलो स्वाथ्यकर्मी हुन् । कार्की भीमदत्त नगरपालिका–६ ऐठपुरका स्थायी बासिन्दा हुनुहुन्थ्यो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर