काठमाडौ उपत्यकाभित्र रहेका प्रहरी कार्यालयहरुको नाम परिवर्तन, कसको नाम के भयो ? — OSNepal

काठमाडौ उपत्यकाभित्र रहेका प्रहरी कार्यालयहरुको नाम परिवर्तन, कसको नाम के भयो ?

LC (KTM) April 22, 2022 0

काठमाडौ ९ वैशाख । काठमाडौ उपत्यकाभित्रका प्रहरी कार्यालयहरुको नाम परिर्वतन भएको छ । मन्त्रिपरिषद्को निणर्य अनुसार उपत्यकाभित्रका प्रहरी कार्यालयहरुको नाम परिर्वतन गरिएको हो ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले उपत्यका हेर्ने प्रहरी कार्यालयलाई केन्द्र मातहत ल्याउने गरी नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन–२०७६ अध्यादेशमार्फत संशोधन गरेको थियो ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत चैत २२ गते प्रमाणीकरण गरेसँगै ऐन कार्यान्वयनमा आएको हो ।

नाम परिर्वतन भएसँगै महानगरीय प्रहरी कार्यालय रानी पोखरीको नाम काठमाडौं उपत्यका प्रहरी कार्यालय राखिएको छ ।

यस्तै, महानगरीय अपराध महाशाखाको नाम परिर्वतन गरेर उपत्यका अपराध अनुसन्धान कार्यालय बनाइएको छ ।नाम परिर्वतनसँगै महानगरीय प्रहरी वृत्तहरुको नामको अगाडी राखिएको महानगरीय पनि हटाइएको छ ।

मन्त्रिपरिषदको निर्णयअनुसार महानगरीय प्रहरी कार्यालयलाई प्रहरी प्रधान कार्यालय मातहत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर