'इण्डियन आइडल' पवनदीप नेपाल आएर भने मलाई नेपालीहरुको भोटले जिताएको हो, यो गुन कसरी तिरौँ ? — OSNepal

‘इण्डियन आइडल’ पवनदीप नेपाल आएर भने मलाई नेपालीहरुको भोटले जिताएको हो, यो गुन कसरी तिरौँ ?

LC (KTM) April 25, 2022 0

काठमाडौँ । इन्डीयन आइडल ‘पवनदीप राजन’ नेपाल आएका छन् ।पनवदीप इन्डीयन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता कांजीलाल दोस्रो बनेकी थिइन् । अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ ।

ठमेलमा बाह्य पर्यटकको आगमन नभए पनि आन्तरिक पर्यटकले धानिरहेको उनले बताए । पछिल्लो मुलुकमा निषेधाज्ञा खुकुलो भएपछि रात्रिकालीन समयमा रमाउने मानिसहरुको भीड बढ्दै गइरहेको छ ।

कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको छ । यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् । बलिवुडका नेहा कक्कर र अर्मन मल्लिक आफ्नो शो गरिसकेका छन् । त्यसैगरी स्टेबीन बेन, ज्योतिका टंगारी लगायतका विदेशी कलाकारले प्रस्तुती दिइसकेका छन् ।

शनिबार काठमाडौं आइपुगेका गायक पवनदीपले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यक्रममा बलिउड गीत र केही नेपाली गीत गाउने बताएका छन् । इन्डियन आइडल बन्नुमा नेपालीहरुको धेरै सपोर्ट रहेको उल्लेख गर्दै उनले सबैलाई धन्यवाद दिएका छन् ।

उनले भनेका छन्, ‘नेपालबाट पनि यति धेरै माया पाएको छु कि सबैलाई धन्यवाद । पहिलो पटक नेपाल आएको छु पर्फम गर्नका लागि । तपाईहरुलाई मनोरञ्जन दिन सक्दो कोसिस गर्नेछु ।’

गायक पवनदीपको सांगितिक प्रस्तुति हेर्न उल्लेख्य संगीत पारखीहरुले टिकट लिएका आयोजकले बताइएको छ । रोटरी क्लब अफ पाटन वेस्टले आयोजना गरेको र ३६५ इभेन्टस् एण्ड मिडियाले व्यवस्थापन गरेको पवनदीपको सांस्कृतिक कार्यक्रममा दुई थरीका टिकट राखिएको छ ।

जानकारी अनुसार २५ सय र ३ हजार दरको टिकट राखिएको र उक्त टिकटबाट उठेको रकम रोटरी क्लबले सामाजिक कार्यका लागि सहयोग गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर