आईपीएलमा बैंगलोर संग चेन्नई १३ रनले पराजित — OSNepal

आईपीएलमा बैंगलोर संग चेन्नई १३ रनले पराजित

LC (KTM) May 04, 2022 0

इन्डियन प्रिमियर लिग आईपीएल टी ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर संग चेन्नई सुपर किङ्स पराजित भएको छ । पुनेमा बुधबार राति बैंगलोरले चेन्नई सुपर किङ्सलाई १३ रनले पराजित गरेको हो । बैंगलोरले चेन्नई समक्ष १ सय ७४ रनको लक्ष्य दिएको थियो । ल्क्ष्य पछ्याउँदै मैदान छिरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६० रन मात्र बनाउन सक्यो ।

चेन्नईका लागि डेभोन कोन्वेले ५६ रनको अर्धशतकीय इनिङ खेले । मोइन अलीले ३४ रन जोड्दा रुतुराज गायकवाडले २८ रन बनाए । बैंगलोरका हर्सल पटेलले ३ तथा ग्लेन म्याक्स्वेलले २ विकेट हात पारे । त्यसअघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रनको स्कोर खडा गरेको थियो ।

बैंगलोरका लागि महिपाल लोमरोरले ४२ रन बनाए । फाप डु प्लेसिसले ३८ रन जोड्दा बिराट कोहलीले ३० रन बनाए । दिनेश कार्तिकले २६ रन जोड्दा रजत पटीदारले २१ रन बनाए । चेन्नईका महिशले ३ तथा मोइन अलीले २ विकेट लिए । जितसँगै बैंगलोरले ११ खेलमा १२ अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर