सुनको भाउ फेरी बढ्यो
काठमाडौं, २ कात्तिक । असोज महिनामा लगातार घटेको सुनको भाउ कात्र्तिक लागेलगत्तै उकालो लाग्न सुरु गरेको छ । असोज महिनाभर सुन तोलाको अधिकतम ५९ हजार देखि न्यूनतम ५६ हजार रुपैयाँसम्म कारोबार भएको थियो ।
हिजो पनि तोलाको ५६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिस्तारै उकालो लागेर आज एक सय रुपैयाँ बढेर ५६ हजार १ सय रुपैयाँ पुगेको छ ।
चाँदीको भाउ भने आज पनि स्थिर रहेको छ । चाँदी आज पनि तोलाको ८ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
.
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!