बाबुरामसँग बिलय हुँदै उपेद्र यादव र अशोक राई


baburam-and-upendraकाठमाडौंः माओवादी छोडेर नयाँ शक्ति नेपाल पार्टी खोजेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उपेन्द्र यादवलाई आफ्नो पार्टीमा ल्याउने तयारी गरेका छन् ।

उपेन्द्र यादव मधेसको क्षेत्रीय आन्दोलनबाट सफलता हात नलागेपछि जातियअतिवादी नेता अशोक राईको साथमा संघीय समाजवादी गठबन्धनको अध्यक्ष छन् ।

बाबुरामले संविधान संशोधनलाई लिएर नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमबीच ‘मोर्चाबन्दी’ गर्न पटकपटक गरेको आग्रहपछि उपेन्द्र यादव नजिकिएका हुन् ।

सोमबार बात्र भट्टराई र फोरमका यादवले संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनले सम्बोधन गर्नु पर्ने मुद्धामा एकमतका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

विज्ञप्तिमा दुवै नेताले संविधान संशोधनले राष्ट्रिय मान्यता पाउनुपर्ने लगायतका विभिन्न माग अघि सारेका छन् । उनीहरुले संघीयता अधिकारसम्मपन्न हुनुपर्ने, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने संसद बन्नुपर्ने सँगै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हुनुपर्ने लगातका मागमा सहमति जनाएका छन् ।

दुवै नेताले प्रादेशिक अधिकार क्षेत्रभित्र स्थानीय तह र विशेष संरचना रहने व्यवस्था गरेर मात्र अघि बढ्नुपर्नेमा समेत एक्यबद्धता जनाएका छन् ।

नयाँ शक्ति र संघीय समाजवादी फोरमले राष्ट्रिय मुद्धालाई सम्बोधन नगरी हुने संशोधनमा समस्या समाधान नहुनुका साथै संविधानको स्वीकारोक्ति र कार्यान्वयन हुन नसक्ने बताएका छन् । यसले शान्ति, स्थिरता र विकासको सट्टा मुलुकलाई थप द्वन्द्व, अन्यौलता र अस्थिरतातर्फ धकेल्ने कार्य गछ, यसर्थ राष्ट्रिय समस्याहरुका ठोस समाधान हुने गरी संविधान संशोधन गरिनुपर्छ भन्ने हाम्रो धारणा छ, विज्ञप्तिमा भनिएको छ ।

दुई नेताले संयुक्त रुपमा निकालेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनताको विभिन्न आन्दोलनको परिणामस्वरुप हुन गइरहेको संविधान संशोधनको विषयमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । संविधान संशोधन गर्दा वर्गीय, जातीय, लैंगिक, भाषिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेदभावलाई अन्त्य गरिनु पर्दछ ।’

दुई नेताले हस्ताक्षर गरेको विज्ञप्तिमा राष्ट्रिय मुद्धा भनेर केही बुँदालाई महत्वका साथ उल्लेख गरेका छन्, ‘मधेशी थारु, आदिवासी, जनजाति, खस, मुश्लिम, उत्पीडित, उपेषित र अल्पसंख्यक समुदाय तथा पिछडिठएका क्षेत्र लगायतका समस्यालाई सम्बोधन गर्न संयुक्त लोकतानित्रक मोर्चा, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन, पहिचानका आधारित गठबन्धन, संयुक्त प्रादेशकि मोर्चासमेत सम्मिलित संघीय गठबन्धनले उठाएका मुद्धा खासगरी राष्ट्रिय पहिचानको मात्यता, अधिकारसहितको स.घीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व हुने सांसद्, जनताले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, राज्यका सबै अंगमा समानुपातिक समावेशिकरण, बहुभाषिक नीति, स्वायत्तताच, तथा स्वशासन, संघीय न्यषयपालिका, प्रादेशिक क्षेत्राधिकारभित्र स्थानीइ तथा तथा विशेष संरचना रहने व्यवस्था, सामाजिक न्याय र समानताको अधिकार आदि सबै खोले विभेदको अत्य हुने गरी नेपालको संविधान संशोधन गरेर सच्याउनु पर्दछ ।’

यी दुई नेताको यो सहकार्यले उपेन्द्र यादव र अशोक राई जस्ता अस्थिर र अवसरवादी नेता नयाँ शक्तिमा प्रवेश गर्न लालायित भएको प्रष्ट देखिन्छ ।baburam-upendra

Comment