चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव — OSNepal

चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव

LC (KTM) June 02, 2022 0

काठमाडौं -लोकतान्त्रिक समाजवादी पार्टीका सांसद् लक्ष्मणलाल कर्णले चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताउनुभएको छ ।प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा आर्थिक वर्ष २०७९,०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उहाँले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताउनुभएको हो ।

चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भन्नुभयो, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उहाँले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाउनुभयो ।चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गर्नुभएका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर