नेपालगञ्जमा भएको झडपमा प्रहरी र सर्वसाधरण घाइते — OSNepal

नेपालगञ्जमा भएको झडपमा प्रहरी र सर्वसाधरण घाइते

LC (KTM) June 02, 2022 0

नेपालगञ्ज-नेपालगञ्जको धम्बोझी चोकमा पूर्वराजा वीरेन्द्र शाहको शालिक राख्ने विषयमा प्रहरी र राष्ट्रवादी युवा समूहका सदस्यबीच झडप हुँदा केही घाइते भएका छन् । सो झडपमा परेर नौ जना प्रहरी, सो समूहका सदस्य र केही सर्वसाधारण घाइते भएका हुन् । झडपपछि केहीबेर बजारमा तनाव हुँदा प्रहरीले कयाँै राउण्ड हवाई फायर गरेको थियो । राष्ट्रवादी युवा समूहले चोकमा स्वर्गीय राजा वीरेन्द्र शाहको शालिक राखेका थिए । राखेको शालिक प्रहरीले हटाएपछि उक्त समूहले न्यूरोडमा रहेको शहीद सेतु विकको शालिकसमेत तोडफोड गरेको छ । धम्बोझीचोकमा राखिएको पूर्वराजा वीरेन्द्रको अर्धकदको शालिक प्रहरीले हटाउँदा स्थिति नियन्त्रण भन्दा बाहिर जाने देखिएपछि प्रहरीले फायर खोलेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिनुभयो ।

प्रहरीले घटनास्थलबाट चार जनालाई नियन्त्रणमा लिएको जनाएको छ । आक्रोशित राष्ट्रवादी युवा समूहले सेतुविक चोकमा रहेको शहीद सेतुको शालिकसमेत तोडफोड गरेपछि प्रहरीले धम्बोझी चोक र सेतु विक चोकलाई घेरा हाल्नुको साथै बिपीचोक, पुष्पलाल चोकमा पनि सुरक्षा सर्तकता बढाएको छ ।

तत्कालीन राजा वीरेन्द्रको बंश नाश भएको आज २१ वर्ष पूरा भएको दिन पारेर शालिक पुनःस्थापना गरिएको थियो । २०६२÷६३ को जनआन्दोलनमा वीरेन्द्र चोकमा रहेको स्व राजा वीरेन्द्रको शालिक भत्काइएको थियो । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दिन राईले घटनास्थलमा पुगेर नेपालगञ्जमा कायम रहेको सामाजिक सद्भावमा खलल नपु¥याउन आग्रह गर्नुभएको छ ।उहाँहरुले सर्वपक्षीय सर्वदलीय छलफलबाट आपसी सहमतिमा समाधान खोज्न सकिने भएकाले सार्वजनिक सम्पत्ति तोडफोड गर्ने कार्य नगर्न आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर