जनताको माया पाएको एमालेलाई आफ्नै नेताबाट जोगाउन गाह्रो पर्यो : ओली — OSNepal

जनताको माया पाएको एमालेलाई आफ्नै नेताबाट जोगाउन गाह्रो पर्यो : ओली

LC (KTM) June 02, 2022 0

काठमाडौं १९ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेताबाट पार्टीलाई जोगाउन गाह्रो परेको बताएका छन् ।

विहीवार जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई सम्बोधन गर्दै ओलीले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै जनताको माया पाएको एमालेलाई नेताबाट जोगाउन गाह्रो परेको बताएका हुन् ।

विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अवस्था आएको टिप्पणी गरेका उनले आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बनेको बताएका छन् ।

ओलीको भनाई उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भनेका छन् , ‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

सम्बोधनमा ओलीले अन्तर्घातको विवरण देशभरबाट आफूले लिइरहेको समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर