पानी तान्ने मोटर चलाउँदै गरेकी प्रभाको करेन्ट लागेर मृत्यु — OSNepal

पानी तान्ने मोटर चलाउँदै गरेकी प्रभाको करेन्ट लागेर मृत्यु

LC (KTM) June 03, 2022 0

बारा, २० जेठ:

बारामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका २३ बैराथपुर टोलकी ३५ वर्षीया प्रभा देवी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार बिहीबार साँझ ७ बजे करेन्ट लागेर गम्भीर घाइते भएकी देवीलाई उपचारका लागि तराई अस्पताल वीरगन्ज लैजाने क्रममा बाटोमै मृत्‍यु भएको हो ।
घरमा रहेको कलमा जडान गरिएको पानी तान्ने मोटर चलाएर पानी थाप्ने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर