बैठक स्थगित गरेर प्रचण्ड जुटे छलफलमा — OSNepal

बैठक स्थगित गरेर प्रचण्ड जुटे छलफलमा

LC (KTM) July 05, 2022 0

काठमाडौं २१ असार । नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक स्थगित गरेर अध्यक्ष दाहाल आफ्नो निजी निवास छलफलमा व्यस्त छन् ।

आज बस्ने पार्टीको विस्तारित बैठकमा प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको हुँदा गृहकार्य नपुगेको भन्दै बैठक स्थगित गरेर छलफलमा व्यस्त भएका हुन् ।

संगठनको गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताए ।

बैठकमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो लगायतको विषय टुंग्याउन समय लाग्ने भएपछि आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर