४२ दिनमा २२ करोड ७३ लाख कमायो 'कबड्डी ४' ले — OSNepal

४२ दिनमा २२ करोड ७३ लाख कमायो ‘कबड्डी ४’ ले

LC (KTM) July 11, 2022 0

काठमाडौं :

नेपाली फिल्म ‘कबड्डी ४’ले ४२ दिनमा २२ करोड भन्दा धेरै रकम कमाएको छ। २२ करोड भन्दा माथि कमाएसँगै ‘कबड्डी ४’ अहिलेसम्मकै उच्च कमाइ गर्ने फिल्मको कीर्तिमान बनाउन सफल भएको छ।

फिल्मले मोफसलबाट १० करोड ५ लाख ९७ हजार ४८० रुपैयाँ ग्रस र काठमाडौं उपत्यकाबाट १२ करोड ६७ लाख ५६ हजार ३६५ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

त्यस्तै अहिलेसम्म २२ करोड ७३ लाख कमाएको यो फिल्मले हिन्दी सिनेमा ‘बाहुबली २’को नेपाल कमाइ भेट्टाउने खोजेको छ। फिल्ममा दयाहाङ राई, मिरुना मगर र सौगात मल्लको मूख्य भुमिका रहेको छ भने रामबाबु गुरुङले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर