सांसद्‌ले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराए सभामुखले — OSNepal

सांसद्‌ले उठाएका विषयप्रति सरकारको ध्यानाकर्षण गराए सभामुखले

LC (KTM) July 11, 2022 0

काठमाडौं, २७ असार :

सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठकमा सांसदहरुले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख सापकोटाले संसद्को शून्य समय, विशेष समूहमा सांसदहरुले उठाएका विषयप्रति सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।

‘शून्य समय, विशेष समय र अन्य समयमा माननीय सदस्यहरुले उठाउनु भएका विषयहरुको सन्दर्भमा सम्बन्धित् मन्त्रालयको ध्यानाकर्षण गराउँदछु,’ सभामुख सापकोटाले भने ।

शून्य, र विशेष समयमा सांसदहरुले समसामयिक विषय तथा जनजीविकाको विषयमा सरकारको ध्यानाकर्षण गराउने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर