ब्लेडको पहिरन लगाएर कता निस्कीन उर्फी जावेद ? — OSNepal

ब्लेडको पहिरन लगाएर कता निस्कीन उर्फी जावेद ?

LC (KTM) July 13, 2022 0

एजेन्सी:

चर्चित बलिउड अभिनेत्री उर्फी जावेदले ब्लेडबाट बनेको खतरनाक पहिरनसहितको तस्बिर सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जाल इन्साटाग्राममार्फत धारिलो ब्लेडबाट बनेको पहिरनसहितको आफ्नो तस्बिर सार्वजनिक गरेकी हुन् ।

फ्यामस रीयलीटी शो बिग बोसमानर्फत चर्चामा आएकी बलिउड अभिनोत्री उर्फीले आफ्नै इन्स्टाग्रामको स्टोरीमा सर्ट भिडिओ श्यर गरेकी छिन् । उनले श्यर गरेको भिडिओमा उनी धारिलो ब्लेडबाट बनेको पहिरनमा देखिन्छिन् ।

पहिरनका कारण होस् या आफ्नो कामुक तस्बिरका कारण होस् उर्फी सधैं चर्चामा छिन् । नेपाल समचारपत्रमउनले हालै आफ्नो इन्स्टाग्रामको स्टोरीमा एक सर्ट भिडिओ श्यर गरेकी छिन् । जहाँ उनी धारीलो ब्लेडबाट बनेको कपडाको पहिरनमा देखिन्छिन् ।

फोटोग्राफरले उनको तस्बिर खिच्दै गर्दा निकै सावधानीफूर्वक पोज दिइरहेको प्रस्ट देख्न सकिन्छ । यद्यपि उर्फीलाई चर्चाको मोहले हद नै पार गरेको भन्ने आरोप लाग्दै आएको छ ।

उनले यसभन्दा अघि पनि शिशाबाट बनेको २० किलोको पहिरन लगाएर खिचेको तस्बिर सार्वजनिक गरेकी थिइन् । जसका कारण उनी निकै चर्चित बनिन्। यस पटक भने ब्लेडबाट बनेको तस्बिर सार्वजनिक गरेपछि झनै चर्चामा छिन् , (‘उर्फी ।’

उर्फी जावेद बेलाबेला फरक(फरक लुक्स र अवतारका कारण सधैं चर्चामा आउँछिन् । कतिपय शौदर्यशास्त्रीले उनलाई अरूभन्दा भिन्नै र फरक पहिरनको शोख रहेको टिप्पणी गर्छन् । उर्फी भने उनीहरूको टिप्पणीलाई बेवास्ता गर्दै आफ्नै पहिरन र कामुक तस्बिर सार्वजनिक गर्न कहिल्यै पछि पर्दिनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर