देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजेको प्रचण्डको आरोप — OSNepal

देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजेको प्रचण्डको आरोप

LC (KTM) July 14, 2022 0

काठमाडौं ३० असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘एकथरी शक्ति’ देशलाई अझै निरंकुश राजतन्त्रतर्फ लैजान खोजिरहेको आरोप लगाएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सहभागी भएका उनले यस्तो बताएका हुन् ।

केही नेताहरू खुलेआम संघीयता खारेज गर्नुपर्छ भनेर अभिव्यक्ति दिँदै हिडेको बताएका उनले भने, ‘त्यो जाने भनेको निरंकुश राजतन्त्रकै ठाउँमा हो । त्यल्ले लाने उही ठाउँमा हो ।’

पुरानो सोचमा हुर्किएका पात्र र पार्टीलाई हिँडिराखेको आरोप लगाएका उनले जानिराखेको बाटो हिँड्न मान्छेलाई सजिलो हुने र वैज्ञानिक हुन धेरै गाह्रो हुने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर