उद्योग, वाणिज्य मन्त्रालयका सचिव पोखरेललाई प्रधानमन्त्री कार्यालय तानियो — OSNepal

उद्योग, वाणिज्य मन्त्रालयका सचिव पोखरेललाई प्रधानमन्त्री कार्यालय तानियो

LC (KTM) August 04, 2022 0

काठमाडौं १९ साउन । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको छ । बैठकले अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई पनि प्रधानमन्त्री कार्यालय तानिएको छ ।

त्यसैगरी, डिल्ली शर्मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा तानिएको छ ।

साथै,महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनाली युवा तथा खेलकुद मन्त्रालयमा र राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवाली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा तानिएको
छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर