नेपाल कृषि प्रधान मुलुक भएकाले जापानको आधुनिक प्रविधिको अनुसरण गर्ने इच्छा छ : प्रचण्ड — OSNepal

नेपाल कृषि प्रधान मुलुक भएकाले जापानको आधुनिक प्रविधिको अनुसरण गर्ने इच्छा छ : प्रचण्ड

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहेको बताएका छन् ।

नेपाल कृषि प्रधान मुलुक भएकाले जापानको आधुनिक प्रविधिको अनुसरण गर्न आफुहरुले चाहेको बताएका हुन् ।

पाँच दिने जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सैतामा प्रीफेक्चरल सरकार जापान, कृषि व्यवसाय समर्थन डिभिजन अन्तगर्तको कुरुसु अर्किड लिमिटेडको भ्रमणका क्रममा यस्तो इच्छा देखाएका हुन् ।

‘नेपाल कृषि प्रधान मुलुक हो। हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उधोगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ। त्यसको लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं । तपाईंहरुको प्रविधि हामी सिक्न चाहन्छौ। यहा महामहिम राजदुत र नेपाली प्रतिनिधिका अगुवा पनि हुनुहुन्छ। तपाईंहरुले नेपालमा पनि यो प्रविधिलाई पुर्याउन पहल गरौं ।’ प्रचण्डले भने ।

उक्त अवसरमा जापानका लागी नेपाली राजदुत दुर्गाबहादुर सुवेदी, दूतावासका कर्मचारी तथा नेपाली समुदायका अगुवाहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर