सकियो एकहप्ते वाल क्लाइम्विग — OSNepal

सकियो एकहप्ते वाल क्लाइम्विग

LC (KTM) August 26, 2022 0

काठमाडौं । स्पोटर्स क्लाइम्विग खेललाई प्रबद्र्धन गर्ने उद्देश्यका साथ राजधानीमा भएको एकहप्ते क्लाइम्विंग अभ्यास शुक्रबार सम्पन्न भएको छ । सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहन गरेकी पहिलो महिला पत्रकार कल्पना महर्जनले एक हप्तासम्म विभिनन क्षेत्रका महिलाहरुलाई राजधानीको धुम्वाराहीमा रहेको पासाग लामु स्पोटर्स क्लाइम्विंगमा क्लाइम्विंग अभ्यास गराएकी थिइन् ।

सस्कृति र साहससँंगसँगै भन्ने नाराका साथ एकहप्ते तीज अन दी वाल कार्यक्रमको क्रममा महिलाहरुलाई क्लाइम्विंग गराइएको हो । शुक्रबार अन्तिम दिन महानगरीय प्रहरी परिसर ललितपुरका महिला प्रहरीहरुले क्लाइम्विंग गरेका थिए । पहिलो दिन भने प्रिस्कुल कमिटी अफ नेपालका प्रिन्सिपलहरु सहभागी थिए ।
तीजलाई फरक ढंगमा मनाउने उद्देश्यका साथ एकहप्ते तीज अन दी वाल गरिएको हो । कार्यक्रम अन्तर्गत फरकफरक दिन फरकफरक क्षेत्रका मानिसलाई क्लाम्विंग अभ्यास गराइएको थियो ।

माउण्टेन एडभेन्सर सपोर्ट एकेडेमीको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रमका लागि एक्सेरेन्स आउटडोर नेपालले व्यवस्थापन गरेको थियो ।
खेलकुद अन्तर्गत पर्ने वाल क्लाइम्विंग खेललाई प्रचारप्रसार गरी सक्षम खेलाडी उत्पादन गर्ने उद्देश्यका साथ गतवर्षदेखि तीजको अवसरमा वर्षमा एक पटक कार्यक्रम आयोजना गर्दै आएको सगरमाथा आरोही महर्जनले जनाइन् । यसअघि पहिलो दिनको उदघाटन कार्यक्रम नेशनल क्लाइम्विंग स्पोटर्स् एसोसिएसनका अध्यक्ष हरि धरलेले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर