राती १२ - १ बजेसम्म पढ्ने ओलीको बानीले बालकोट गएका रबिन्द्र मिश्र चकित परेपछि... — OSNepal

राती १२ – १ बजेसम्म पढ्ने ओलीको बानीले बालकोट गएका रबिन्द्र मिश्र चकित परेपछि…

LC (KTM) August 29, 2022 0

काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली र विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रबीच आइतबार साँझ भेटवार्ता सम्पन्न भएको छ।

ओली निवास बालकोटमा भएको भेटवार्तामा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो, हस्तक्षेप राजसंस्थाको आवश्यकता र असान्दर्भितालगायतका विषयमा छलफल भएको विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक संजालमा एक लामो स्टाटस लेख्दै जानकारी दिएका छन् । उनले भनेका छन् ।

ओलीजीसँग अढाई घण्टाको बसाइृमा आसन्न निर्वाचन, देशको राजनीति र भूराजनीति, विदेशी चासो र हष्तक्षेप, राजसंस्थाको आवश्यकता र असान्दर्भिकता, उहाँको राजनीतिक यात्रा, जेल जीवन र गोलघरको पीडा, चुच्चे नक्शा पारित गर्नु पूर्व भोगेका जटीलता तथा अन्य कयौँ विषयमा कुराकानी भयो।

सबै विषयमा धाराप्रवाह बोल्न सक्ने उहाँले मलाई भन्नुभयो, “तपाईं चेस खेलेर आएको मान्छे अहिले बास्केटबलको मैदानमा हुनुहुन्छ, जहाँ छलछाम, घम्साघम्सी सबै हुन्छ। नआत्तिनु होला।”अन्त्यमा, चुच्चे नक्शा सहित आफू प्रधानमन्त्री हुँदा छाप्न लगाएको एक र दुई रूपैयाँको एक मुठ्ठी सिक्का अर्को कोठाबाट लेराएर उपहार दिनुभयो। भेटका लागि आभार प्रकट गर्दै म निस्किएँ१

सो क्रममा ओलीले चुच्चे नक्शा पारित गर्नुपूर्व भोगेका जटिलताका विषयमा पनि मिश्रलाई सुनाएको कुरा पनि मिश्रले स्टाटसमा उल्लेख गरेका छन् । हेर्नुहोस् मिश्रले लेखको स्टाटस जस्ताको त्यस्तै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर