‘तिम्रो खुशीमा’ भन्दै आए रचना र निशान — OSNepal

‘तिम्रो खुशीमा’ भन्दै आए रचना र निशान

LC (KTM) September 14, 2022 0

काठमाडौँ । गीतकार माधव ढकालको अर्को नयाँ गीत ‘तिम्रो खुशीमा’ बोलको गीत सार्वजनिक भएको छ । ढकालको रचना रहेको माया प्रेमले भरिएको उक्त गीतमा सुमधुर स्वरकी धनी र अहिलेकी चर्चित गायिका रचना रिमाल र निशान भट्टराईको स्वर रहेको छ । संगीत स्वयम गीतकार ढकालकै रहेको छ ।

उक्त गीतमा संगीत संयोजन किरण कँडेलले गरेका हुन । ढकालले पहिलो ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत ल्याएर चर्चा कमाएका थिए । उक्त गीतले बर्षको सर्वोत्कृष्ट गीतको अवार्ड समेत हात पार्न सफल रह्यो ।

यस्तै दोश्रो एल्वमका रुपमा ‘तिम्रो महल’ बजारमा ल्याए । जहाँ रामकृष्ण ढकालको स्वर सुन्न पाइन्छ । उक्त गीतको भिडियो यु्ट्युबमा ८ लाख ४६ हजार भ्यूज प्राप्त भइसकेको छ । गजल लेखनमा बढी रुची राख्ने ढकालले ०६४ मा गजल संग्रह पुस्तकको रुपमा प्रकाशन गरेका थिए । ढकालको उक्त कृतिमा ५६ गजल संग्रहित छन् । उनले २०६७ मा चर्चा गजलको एल्वम प्रकाशन गरेका थिए । जसमा सात वटा गीत, गजल छन् । त्यसपश्चात पनि रामकृष्ण ढकाल, समीक्षा अधिकारी, डेभिड शंकर लगायत थुप्रै गायक गायिकाको स्वरमा उनका गीतहरु सार्वजनिक भइसकेका छन् ।

नेपाल सरकारको उपसचिवको रुपमा सरकारी सेवामा सक्रिय ढकालले सरकारी सेवामा प्रवेश गर्नु अघि एक साहित्यिक पत्रिकाको सम्पादक रहेर पनि काम गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर