हिन्दु धर्ममाथि आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै हिन्दू परिषदले गर्यो प्रचण्डको पुतला दहन — OSNepal

हिन्दु धर्ममाथि आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै हिन्दू परिषदले गर्यो प्रचण्डको पुतला दहन

LC (KTM) September 19, 2022 0

वीरगंज । हिन्दू धर्मविरुद्ध सार्वजनिक अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दु परिषद नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको विरोध प्रदर्शन गरेको छ ।प्रचण्डले समाजमा ३३ कोटी देवतालाई पूजा गर्दै हिड्ने तर मानिसलाई लात हान्दै हिड्ने प्रचलन रहेको बताए पछि त्यसको विरोध प्रदर्शन गर्दै हो ।

परिषदले आइतबार साझँ वीरगंजमा प्रचण्ड विरुद्धको नाराबाजी गर्दै उनको पुतला समेत दहन गरेको छ ।उनले हिन्दू धर्मलाई आघात पुग्ने गरी अभिव्यक्ती दिएको भन्दै विश्व हिन्दू परीषद नेपालले कडा कारवाहीको माग गरेको छ ।

प्रर्दशनको क्रममा उनीहरुले हिन्दु विरोधी प्रचण्ड मुर्दाबाद, हिन्दू एकता जिन्दाबाद जस्ता नारा लगाएका थिए ।यसअघि परिषदले जिल्ला प्रशासन कार्यलय पर्सा मार्फत प्रधानमन्त्री शेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर