१६ फिट लामो ‘दैत्य’ समुन्द्रबाट निस्किएपछि मानिसहरुबिच भयो भागदौड ! — OSNepal

१६ फिट लामो ‘दैत्य’ समुन्द्रबाट निस्किएपछि मानिसहरुबिच भयो भागदौड !

LC (KTM) October 17, 2022 0

काठमाडौं :

तस्विरमा देखिएको यो १६ फिट लामो जीव के हो ? समुन्द्रको किनारमा सर्प जस्तो ठुलो माछा देख्दा मेक्सिकोको सिनोला तटमा रहेका मानिसहरु आत्तिएका थिए । चाँदी रंगको प्राणी सर्प र माछा जस्तै देखिने यो प्राणी ओरफिस हो, जो समुद्रको गहिराइमा बस्छ र पानीको सतहमा विरलै आउँछ। कम उज्यालोमा बस्न मन पराउँछ । समुद्रमा भूकम्प आउँदा आँफै समुन्द्रको किनारमा आउने यो जीवलाई द्येखेर अक्टोबर ५ मा मेक्सिकोमा मानिसहरु आत्तिए ।

यस जीवलाई मानिसहरु ‘राक्षस’ भन्दै सम्बोधन गर्दै कुनै अप्रिय घटना हुन सक्ने भन्दै आतंकमा समेत देखिए । वास्तवमा, केही दिन अघि यो समुद्री जीव चिलीको तटमा पनि देखिएको थियो। मानिसहरु यसको उपस्थितिलाई अशुभ मानिरहेका छन्। यो माछालाई देखेपछि कतिपयले भूकम्प र सुनामीको आशंका गरेका छन् । इतिहासमा एकपटक मात्रै देखिएको यो जिबलाई जापानमा ‘र्युगो नो त्सुकाई’ भनेर चिनिन्छ। यो नामको अर्थ समुद्रको देवताको दरबारबाट आएको सन्देश हो।

उदयपुर सिमेन्ट उद्योग सञ्चालन गर्न माग गर्दै युनियन आन्दोलित:उदयपुर सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गर्दै त्यहाँका युनियनहरु आन्दोलित भएका छन । उद्योगमा कार्यरत मजदुरहरुको चार वटा संगठनले ज्ञापन पत्र बुझाउँदै तत्काल उद्योग सञ्चालन गर्न माग गरेको छ ।

उनीहरुले महाप्रबन्धक गोपीकृष्ण न्यौपानेलाई घेराऊ गरि बन्द रहेको सिमेन्ट उद्योग तत्काल सञ्चालन गर्न माग गरेका हुन् । घेराऊपछि महाप्रबन्धक न्यौपानेले २ दिन भित्रमा निकास निकाल्ने बताएको एक मजदुरले जानकारी दिए ।उदयपुर सिमेन्ट उद्योग राजनितिक कोपभाजनको सिकार बन्दै आएको छ । नेपालकै उत्कृष्ट गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योग राजनितिक खिचातानी तथा कच्चा पदार्थ अभावका कारण बन्द हुने छ ।

सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग १७ दिनदेखि बन्द रहेको छ । कोइला अभाब झेल्दै आएको उद्योग संचालन भएको हप्ता दिन नबित्दै पुनः बन्द हुन पुगेको हो । कोइला अभावमा असोज ९ गतेबाट संचालनमा आएको उद्योग पुनः असोज १४ गतेबाट कोइला अभाबमा बन्द हुन पुगेको हो । यो सँगै उद्योगमा दुई महिनाको अन्तरालमा कोइला अभावमा तीन पटक बन्द हुन पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर