ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु — OSNepal

ओलीले भने- देउवासँग लाइभ डिबेटमा आउन तयार छु

LC (KTM) October 19, 2022 0

काठमाडौं, १ कात्तिक । एमाले अध्यक्ष केपी ओलीले एजेन्डामा आधारित बहसका लागि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग लाइभ डिबेटमा आउन तयार रहेको बताएका छन् । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै धेरैले सामाजिक सञ्जालमा आफू र प्रधानमन्त्री देउवालाई लाभभ डिबेटमा आउन सुझाव दिएको उल्लेख गर्दै उनले त्यसका लागि आफू तयार रहेको बताएका हुन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पूर्वप्रधानमन्त्री ओलीले निर्वाचनका समयमा पश्चिमा देशहरूमा यस्तो डिबेट हुने गरेको उल्लेख गर्दै आफू त्यसका लागि तयार रहेको बताएका छन् । ‘सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ ।  म त यसका लागि तयार छु, देउवाजी नि !’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर