एकसाथ फिल्ममा काम गर्दै माधुरी र रेखा — OSNepal

एकसाथ फिल्ममा काम गर्दै माधुरी र रेखा

LC (KTM) November 08, 2022 0

मुम्बई- बलिउडमा कुनै समय एक छत्र राज गरेका नायिका माधुरी दिक्षित र रेखाले एक साथ फिल्ममा काम गर्ने भएका छन् । पछिल्लो पटक सन् २००१ मा राजकुमार सन्तोषीको फिल्म ‘लज्जा’मा देखिएका उनीहरुले एकै पटक २० वर्षपछि अर्को फिल्ममा देखिन् लागेका हुन् ।

बलिउडका प्रख्यात निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीले यि दुई अभिनेत्रीलाई एक साथ लिएर काम गर्न लागेका हुन् । भन्साली यतिबेला फिल्म ‘हीरामण्डी’को प्रोजेक्टमा छन् ।

यहि फिल्ममा माधुरी दिक्षित र रेखा पनि अनुबन्धित भएका हुन् । फिल्ममा सोनाक्षी सिन्हा र हुमा कुरैशीको पनि अभिनय रहनेछ । फिल्ममा आलिया भट्टसँगै अजय देवगनको पनि अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर