बेलायती राजकुमार ह्यारी र पत्नी मेघनले परिवारका सदस्यसँग क्रिसमस नमनाउने — OSNepal

बेलायती राजकुमार ह्यारी र पत्नी मेघनले परिवारका सदस्यसँग क्रिसमस नमनाउने

LC (KTM) November 14, 2022 0

लन्डन–बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल शाही परिवारका सदस्यहरूसँग क्रिसमसमा सहभागी नहुने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । प्रिन्स ह्यारीको विवादास्पद संस्मरणात्मक पुस्तक स्पेयरको विवरणहरू सार्वजनिक भइरहेका बेला उनी क्रिसमसमा उपस्थित नहुने सम्भावना रहेको ती सञ्चार माध्यमहरूले जनाएका हुन् ।

उनको संस्मरणात्मक पुस्तक स्पेयर सन् २०२३ को १० जनवरीमा प्रकाशित हुनेछ ।ह्यारी अहिले क्यालिफोर्नियामा आफ्नी पत्नी मेघन मार्कलसँग बस्छन् ।

यो पनि : आशिकी पोस्टरमा किन लुकाइए राहुल र अनु :अभिनेता राहुल रोय र अभिनेत्री अनु अग्रवालको फिल्म ‘आशिकी’ सन् १९९० मा रिलिज भएको थियो । यो फिल्म र यसको गीतले ३२ वर्षपछि पनि त्यति नै चर्चा कमाएको छ, जति रिलिजको समयमा थियो ।

फिल्मले ३२ वर्ष पुरा गरेको मौका पारी फिल्मका अभिनेता राहुल रोय, अभिनेत्री अनु अग्रवाल र अर्का अभिनेता दीपक तिजोरीसँगै गायक कुमार गायन रियालिटी शो ‘इण्डियन आइडल १३’मा पुगेका थिए । यही समयमा कुमार सानुले फिल्मको पोस्टरसँग जोडिएको एक किस्सा सुनाए ।

महेश भट्ट निर्देशित फिल्मले राहुल र अनुको अनस्क्रिन प्रेमकथा देखाएको थियो । फिल्ममा कुमार सानू, उदित नारायण झा, नितिन मुकेश र अनुराधा पौडेलको स्वर थियो । कुमारका अनुसार उनले र निर्माता गुलशन कुमारले फिल्मको पोस्टरबारे एक निर्णय लिएका थिए ।

‘गुलशनजीका साथ फिल्मको पोस्टरमा चर्चा भइरहँदा हामीले नयाँ कलाकारलाई सस्पेन्समा राख्न चाहन्थ्यौं । त्यति बेला कलाकारको अनुहार कोटमा लुकाउन सके उनीहरुलाई कसैले चिन्न सक्दैनन् भन्नेमा हामी ढुक्क थियौ । यसपछि फिल्म बन्यो र ब्लकबस्टर साबित भयो’, कुमारले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर