देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग छ — OSNepal

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग छ

LC (KTM) November 16, 2022 0

इनरुवा, ३० कात्तिक -नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनपछि एमाले नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र आफ्नो नेतृत्वमा सरकार बन्ने बताएका हुन् ।

सुनसरीको कोसी गाउँपालिका–१, स्थित लौहकीमा एमाले र जसपाको संयुक्त चुनावी आमसभालाई बुधबार सम्बोधन गर्दै उनले देश विकासको मिसन र भिजन एमालेसँग मात्र भएको बताए ।

देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग रहेकाले मतदाताहरूले एमालेलाई जिताउने अध्यक्ष ओलीको भनाइ छ । ‘देशको उत्तरी र दक्षिणी दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध स्थापित गरेर देशलाई विकसित मुलुकको रूपमा रुपान्तारण गरिनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर