बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा ? — OSNepal

बढ्यो सुनको मूल्य,कति पुग्यो तोलामा ?

LC (KTM) December 01, 2022 0

काठमाडौँ-सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु पाँच सयले बढेको छ । बुधबार प्रतितोला रु ९७ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार एक सय तोकिएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार एक सय थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु ४० ले बढेर रु एक हजार तीन सय ३० पुगेको महासङ्घले जनाएको छ ।

यो पनि:पुल नहुँदा सास्ती- अर्खबाङ्गबाट देवीस्थान माध्यमिक विद्यालयमा पुग्नका लागि दुई ठूला खोला तर्नुपर्दछ । जुन वर्षायाममको समयमा एक्लै र सहजै तर्न सकिन्न । एउटा खोलामा सामान्य झोलुङ्गे पुलले सहज भए पनि अर्को खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थी विद्यालय जान पाउँदैनन् ।

कक्षा १० मा पढ्ने जगत विकले आफूहरु प्रत्येक वर्षको वर्षायाममा जोखिम मोल्नुपरेको बताउनुहुन्छ । “बर्खामा खोला तर्न सकिन्न, खोला तर्न नसक्दा यसपटक एक साताभन्दा बढी समय विद्यालय जान सकिन”, उहाँले भन्नुभयो । आफूसँगै अरु सबै विद्यालय वर्खामा विद्यालय जान नपाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष ज्ञानबहादुर बुढाले पुल बनाउन अहिलेसम्म गाउँपालिकाबाट पहल नभएको बताउनुभयो । सालझण्डी–ढोरपाटन अन्तर्गतको सडक भएकाले त्यसको मातहतबाट छिट्टै काम हुने उहाँले जानकारी दिनुभयो ।-

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर