अनमोल केसिको छड्के २ को यो सिन टिकटकमा भाइरल , कस्ले गर्यो रिलिज अघि नै आउट ? — OSNepal

अनमोल केसिको छड्के २ को यो सिन टिकटकमा भाइरल , कस्ले गर्यो रिलिज अघि नै आउट ?

LC (KTM) December 03, 2022 0

पछिल्लो समय फिल्म रिलिज अघि नै टिकटकमा फिल्मका दृश्यहरु सार्वजनिक हुन थालेका छन् । यस्तै टिकटकको चपेटामा परेको छ अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ । यस फिल्मको एक महत्वपूर्ण दृश्य टिकटकमा यति बेला भाइरल भइरहेको छ ।

उक्त दृश्य फिल्मको ‘क्लाइमेक्स दृश्य’ भएको अनुमान लगाउन सकिन्छ । मनाङमा छायांकन भैरहेको फिल्मको सेटबाट सुटिङ हेरिरहेका केही दर्शकले उक्त दृश्यलाई टिकटकमा सार्वजनिक गरि दिएका हुन् । टिकटमा भएको भिडियोमा अनमोल र रविन तामाङबीचको लडाइ र संवाद रहेको छ ।

अनमोल नायक र रविन तामाङ बीचको यो संबादमा यार्सागुम्बा टिप्न जाँदा ११ वर्षअघि खलपात्रले अनमोलको बुवालाई मारेको सन्दर्भ उल्लेख गरिएको छ । भिडियोमा अनमोल तरवार लिएर जाइलागेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर