गण्डकीका सबै पत्रकारको स्वास्थ्य बीमा लागू गर्न माग — OSNepal

गण्डकीका सबै पत्रकारको स्वास्थ्य बीमा लागू गर्न माग

LC (KTM) December 20, 2022 0

पोखरा -नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको तेस्रो साधारणसभाले गण्डकी प्रदेशभित्रका महासङ्घका सबै सदस्यको पारिवारिक स्वास्थ्य बीमा तत्काल लागू गर्न गण्डकी प्रदेश सरकारसँग माग गरेको छ ।साधारणसभापछि पोखरा घोषणापत्र जारी गर्दै महासङ्घले उक्त माग गरेको हो । घोषणापत्रमा श्रमजीवी पत्रकार ऐन तत्काल कार्यान्वयन गर्न नेपाल सरकारसँग अनुरोध गरिएको छ ।

महासङ्घले समानुपातिक विज्ञापन नीति तत्काल लागू गर्न तथा सञ्चारमाध्यमका लागि प्रदान गरिँदै आएको लोक कल्याणकारी विज्ञापन रकम वृद्धि गर्न माग गरेको छ ।
प्रदेशसभामा विचाराधीन आम सञ्चारमैत्री विधेयक ल्याउन र प्रदेश आम सञ्चार प्रतिष्ठान गठन गर्न माग गर्दै महासङ्घले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि अध्ययनवृत्ति, लेखनवृत्ति तथा छात्रवृत्ति राज्यस्तरबाट उपलब्ध गराउन माग गरिएको छ ।

पत्रकारको क्षमता अभिवृद्धि तथा छात्रवृत्ति राज्यस्तरबाट उपलब्ध गराउन र पत्रकारहरूलाई डिजिटल मिडियातर्फ आकर्षित गर्न उपलब्ध नवीनतम प्रविधि र यान्त्रिक उपकरणमा जोड दिन आवश्यक सहयोग गर्न माग गरिएको छ । समाचार लेखेकै आधारमा पत्रकारमाथि हुने भौतिक आक्रमण रोक्न र सेल्फ सेन्सरशिपलाई निरुत्साहित गर्न पेसागत सुरक्षा तथा भौतिक सुरक्षाको प्रत्याभूतिको माग गरिएको महासचिव गोविन्द सुवेदीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर