यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ,तोरी साग ४० रुपैयाँ — OSNepal

यस्तो छ आजको तरकारी तथा फलफूलको बजार भाउ,तोरी साग ४० रुपैयाँ

LC (KTM) December 30, 2022 0

काठमाडौं, १५ पुस:कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिका अनुसार शुक्रबार रातो आलु ४८ रुपैयाँ प्रतिकेजी पर्दछ भने गोलभेँडा ठूलो ४८ रुपैयाँ प्रतिकेजी रहेको छ । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो ।

कन्य च्याउ प्रतिकेजी १८० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ । ब्रोकाउली ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, तोरी साग ४० रुपैयाँ, गान्टे मुला ७० रुपैयाँ रहेको छ ।

यस्तैगरी तामा ९० रुपैयाँ प्रतिकेजीमा पाइन्छ । राजमा घिउ सिमी ११० रुपैयाँ, घिरौँला ९० रुपैयाँ, तिते करेला ९० रुपैयाँ, प्याज सुकेको ५० रुपैयाँ, भिण्डी ८० रूपैयाँ, नेपाली सुकेको लसुन १०० रुपैयाँ, हरियो धनिया ९० रुपैयाँ र कागती ९० रुपैयाँ प्रतिकेजी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर