तेस्रो सिजनको कमेडी च्याम्पियनको डिजिटल अडिसन पुष २७ गते बाट — OSNepal

तेस्रो सिजनको कमेडी च्याम्पियनको डिजिटल अडिसन पुष २७ गते बाट

LC (KTM) December 31, 2022 0

नेपालकै पहिलो हाँस्यब्यंगमा आधारीत टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को अडिसन सुरु हुने भएको छ । यो अडिसन तेस्रो सिजनको रहेको छ । अडिसन पुस २७ गते बाट सुरु हुने निर्माण पक्षले जानकारी दिएको छ ।

यस रियालिटी शो मा भाग लिन इच्छुकले माघ १६ गतेसम्म अडिसन दिनुपर्ने निर्देशक विशाल भण्डारीले जानकारी दिए । प्रष्पिर्धामा भाग लिन पे वेल एप डाउनलोड गरेर भिडियो पठाउनु पर्नेछ । डिजिटल अडिसनमा पठाउने भिडियोको बढीमा ५ मिनेटसम्मको हुनुपर्ने जनाइएको छ ।

भिडियो प्राप्त गरेपछि उत्कृष्टलाई छनोट गरेर फिजिकल अडिसनमा सहभागी गराइनेछ । प्रतिष्पर्धाको निर्णायक मण्डलमा पुरानै अनुहारलाई देख्न पाईने छ । सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई यथावत् नै हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर