काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जना पक्राउ — OSNepal

काठमाडौँबाट आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जना पक्राउ

LC (KTM) December 31, 2022 0

काठमाडौँ-जिल्ला प्रहरी परिसर काठमाडौँले छ महिनाको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको छ ।काठमाडौँ प्रहरीले चालू आव २०७९÷८० को साउनदेखि पुससम्मको अवधिमा आपराधिक क्रियाकलापमा संलग्न एक सय ५५ जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले विभिन्न मितिमा अदालतले कैद र जरिवनाको फैसला सुनाएकामा फरार रहेका एक सय ५५ जनालाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि अदालत पेस गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई अदालतले २९ वर्ष पाँच महिना छ दिन कैद र रु दुई करोड ९४ लाख ४९ हजार सात सय ५६ जरिवाना असुल गरेको प्रवक्ता मैनालीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर