सीएफ इन्टरसिटीलाई हराउँदै बार्सिलोनाले निकाल्यो रोमाञ्चक जित — OSNepal

सीएफ इन्टरसिटीलाई हराउँदै बार्सिलोनाले निकाल्यो रोमाञ्चक जित

LC (KTM) January 05, 2023 0

काठमाडौं, २१ पुस:बार्सिलोनाले कोपा डेल रेअन्तर्गत बिहीबार भएको खेलमा सीएफ इन्टरसिटीमाथि ४–३ को रोमाञ्चक जित निकालेको छ ।

बार्सिलोनाको जितमा रोनाल्ड अरौजो, औसमाने डेम्बेले, राफिन्हा र अन्स फातिले समान एक गोल गरेका थिए । पराजित इन्टरसिटीको तर्फबाट ओरिओल पुइगले ह्याट्रिक गरे ।

तेस्रो डिभिजन टोलीविरुद्ध बीच बार्सिलोनाले जित निकाल्न अतिरिक्त समय कुर्नपरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर