लोकदोहोरी गायक भीम पौडेलको निधन, श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदै — OSNepal

लोकदोहोरी गायक भीम पौडेलको निधन, श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदै

LC (KTM) January 27, 2023 0

काठमाडौं । चर्चित लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । पौडेलको स्याङ्जास्थित आफ्नै घरमा निधन भएको बताइएको छ । रक्तअल्पताको कारण उनी बिरामी भएका उनले दुई महिनादेखि उपचार गराइरहेका थिए ।

पौडेलको पार्थिव शरीरलाई शुक्रबार नै पोखरास्थित रामघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनलाई श्रद्धाञ्जली दिन काठमाडौंबाट केही कलाकार पोखरा जाँदै गरेको राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताए ।

तिष्ठानका अध्यक्ष बीजीले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै आफू स्तब्ध भएको उल्लेख गरेका छन् ।शालीन स्वभावका गायकको छवी बनाउका भीम पछिल्लो समय लाइभ दोहोरी गायनमा सक्रिय थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर