रेइम्ससँग मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना खेलाडीले खेले पनि पीएसजीले जित्न सकेन् — OSNepal

रेइम्ससँग मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना खेलाडीले खेले पनि पीएसजीले जित्न सकेन्

LC (KTM) January 30, 2023 0

एजेन्सी – फ्रेन्च लिग वानको खेलमा रेइम्ससँग पीएसजी पराजित भएको छ । मेस्सी, नेयमार र एम्बाप्पे तीनै जना स्टार खेलाडी खेले पनि पीएसजीले जित हात पार्न सकेन् । घरेलु मैदानमा खेलको ५१ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए।

यसपछि खेलको ५९ औं मिनेटमा मार्को भेराट्टी रातो कार्ड खाँदै मैदान बाहिरिएपछि पीएसजी १० जनामा समेटिन पुग्यो। यसैको फाइदा उठाउँदै इन्ज्युरी समयको पनि छैटौं मिनेटमा रेइम्सका बालोगनले गोल गर्दा खेल बराबरीमा सकियो।

१० जनामा समेटिएको लिग लिडर पीएसजीले खेलको इन्ज्युरी समयमा सम्हालिन नसक्दा रेइम्ससँग १-१ गोलको बराबरीको खेल खेलेको थियो । पीएसजी २० खेलबाट ४८ अंक सहित लिगको पहिलो स्थानमा यथावत छ भने दोस्रो स्थानमा रहेको लेन्सको भने समान खेलबाट ४५ अंक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर