कति शक्तिशाली छ उत्तर कोरियाको हाइड्रोजन बम ?

Posted By OSNepal, California, USA || Date: 16 September, 2017

एजेन्सी : अहिले विश्व उत्तर कोरियाका गतिविधिले थर्कमान भएको छ । विश्वलाई नै थर्काएर बसेका अमेरिका, चीन, रुस, जापानलगायतका मुलुक उत्तर कोरियासँग सबैभन्दा बढी रुष्ट बनेका छन् । रुस र चीन रुष्ट बने झै गरिराखेका छन् भने अमेरिका र जापान साँच्चिकै रुष्ट भएका छन् । उनीहरु आफ्नो शक्ति गुम्ने डरले समेत रुष्ट भएका छन् ।

सबैको अहिलेको जिज्ञासा कति शक्तिशाली हाइड्रोजन बम उत्तर कोरियासँग छ भन्नेमा केन्द्रित भएको देखिन्छ । यसअघि अमेरिकाले उत्तर कोरियाविरुद्ध हाल लगाइएका प्रतिबन्धहरुले काम नगरे सैनिक कारबाही गर्न सकिने प्योङयाङलाई चेतावनी दिएको थियो।

शुक्रवार बिहानै उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र हकाइदो टापुको आकाश हुँदै ३,७०० किलोमिटरको दूरी तय गरेको थियो।

त्यसअघि गत अगस्ट २९ तारिखमा परीक्षण गरिएको क्षेप्यास्त्रले ३,००० किलोमिटरको दूरी तय गरेको थियो। यो बाट थाहा हुन्छ उत्तर कोरियासँग कति शक्तिशाली मिसाइल छन् ।

शुक्रवार गरिएको क्षेप्यास्त्र परीक्षणको किमले व्यक्तिगत रुपमा अवलोकन गरेका थिए। उक्त क्षेप्यास्त्रले अमेरिकाको गुआम टापुसम्म मार हान्न सक्ने बताइएको छ।

विज्ञहरुका अनुसार उत्तर कोरियाले परीक्षण गरेका बलेस्टिक क्षेप्यास्त्रहरुमध्ये त्यसले सबैभन्दा बढी दूरी तय गरेको थियो।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!