एकछत्र राज गरिरहेको शाहरुख खानको पठानलाई पाखा लगाउँदै रणबीर कपुरको तु झुठी मै मक्कर — OSNepal

एकछत्र राज गरिरहेको शाहरुख खानको पठानलाई पाखा लगाउँदै रणबीर कपुरको तु झुठी मै मक्कर

LC (KTM) March 08, 2023 0

हिन्दी सिने जगतका चर्चित फिल्ममेकर लव रञ्जनको फिल्म ‘तू झुठी मै मक्कर’ होलीको अवसरमा आजबाट हलमा रिलिज भएको छ । बलिउड सुपरस्टार रणबीर कपूर र श्रद्धा कपूरको फिल्म ‘तू झुटी मैं मक्का’ रिलिजको पहिलो दिनमै उत्कृष्ट प्रदर्शन गरिरहेको छ । जसका कारण फिल्मले बक्स अफिसमा राम्रो सुरुवात गर्ने संकेत पाएको छ ।

‘तू झुठी मै मक्कर’को ओपनिङ डे कलेक्शनको तथ्यांक दिउँसो ३ बजेसम्म सार्वजनिक भएको छ । प्रसिद्ध ट्रेड एनालिस्ट तरण आदर्शले आफ्नो अफिसियल इन्स्टाग्राम ह्यान्डलमा ‘तू झुठी मै मक्कर’ को रिलिज भएको दिनको पछिल्लो कमाईको तथ्यांकको जानकारी दिएका छन् । तरणका अनुसार चलचित्र ‘तू झुठी मै मक्क’ले राष्ट्रिय चेनमा मार्च ८ अर्थात उद्घाटन दिन दिउँसो करिब ३ बजेसम्म बक्स अफिसमा ३।७८ करोड कमाएको छ ।

जसमा पिभिआरमा १.८२ करोड, इनोक्स्मा १.२० करोड र सिनेपोलिसमा ७५ लाखको तथ्याङ्क समावेश छ। तरण आदर्शले साझा गरेको ‘तू झुठी मै मक्कर’ को यी कलेक्शन नम्बरहरूबाट सजिलै अनुमान लगाउन सकिन्छ कि रणवीर कपुर र श्रद्धा कपूर स्टारर फिल्मले बक्स अफिसमा धमाका मच्चाउनेछ। यससँगै ‘तू झुठी मै मक्कर’को पहिलो दिनको कमाई १० करोड नाघ्ने अनुमान गरिएको छ । यस फिल्मले लामो समय देखि एकछत्र राज गरिरहेको पठानलाई पाखा लगाउने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर