पुल बनाउन भारतले दिएन सहमति — OSNepal

पुल बनाउन भारतले दिएन सहमति

LC (KTM) March 11, 2023 0

धनगढी । भारतले सहमति नदिएपछि कैलालीको भजनी नगरपालिका–५, गुलरिया घाटस्थित मोहना नदीमा पुल निर्माण अन्योल बनेको छ ।दुई देशको सीमा क्षेत्रमा पुल बनाउनका लागि चालू आर्थिक वर्षमा प्रक्रिया अघि बढाइए पनि भारतले सहमति नदिँदा पुल निर्माण अनिश्चित बनेको हो । गुलरिया घाटको वारि नेपाल र पारितर्फ भारत पर्छ ।

दुई देशको भूभागलाई जोड्ने स्थानमा पुल बनाउनका लागि भारतले सहमति नजनाएको भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीले बताउनुभयो । उहाँका अनुसार पुलको विषयमा माथिल्लो तहसम्म कैयौँ पटक छलफल भयो । तर भारतले सहमति जनाएन । “भारतले सहमति नजनाएकाले यो घाटमा पुल बनाउन असम्भव देखिएको छ,” उहाँले भन्नुभयो, “किनभने उसको सहमतिबिना पुल बनाउन सकिँदैन ।” गोरखापत्र दैनिकमा प्रकाशित छ ।

गुलरिया घाटमा पुलको विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० बनाउनका लागि सङ्घीय सरकारले चालू आर्थिक वर्षमा साढे ४७ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो । सरकारले बजेट विनियोजन गरेपछि गत भदौमा डिभिजन कार्यालयसहित जनप्रतिनिधिको टोलीले सो स्थानको निरीक्षण गरेको थियो । पुल बनाउनका लागि निरीक्षण भए पनि थप प्रक्रिया अगाडि बढ्न नसकेको भजनी नगरपालिका–५ का वडा अध्यक्ष केशवबहादुर बुढाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर