‘अब मैले लिने होइन दिने हो’ — OSNepal

‘अब मैले लिने होइन दिने हो’

LC (KTM) March 13, 2023 0

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अहिलेसम्म राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएको बताएकी छन्।आगामी दिनमा राज्यबाट लिनेभन्दा पनि राज्यलाई दिने धारणा उनले व्यक्त गरेकी छन्। आइतबार साँझ संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेताहरूसँग बिदाइ भेट गर्दै उनले भनिन्, ‘म २०५० सालदेखि सांसद भएँ। दुईपटक राष्ट्रपतिको भूमिकामा रहें। राज्यबाट प्रशस्त सेवासुविधा र अवसर पाएँ। त्यसकारण अब राज्यबाट लिनेभन्दा पनि दिने हो,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। नागरिक दैनिकमा प्रकाशित छ ।

त्यसक्रममा उनले पूर्वराष्ट्रपतिको हकमा सेवासुविधा पाउने विषयमा सरकारले निर्णय गर्ने भएकाले त्यसबारे पछि नै धारणा बनाउने र सार्वजनिक गर्ने बताएको स्रोतको भनाइ छ। बिदाइ भेटमा कांग्रेस सभापति शेरबहादुर देउवाले भण्डारीको प्रशंसा गर्दै कार्यकाल सफल रहेको धारणा राखेको बताइएको छ। ‘संविधानअनुसार काम गर्दा कोहीकसैलाई चित्त बुझ्न सक्छ, कसैलाई चित्त नबुझ्न पनि सक्छ तर देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुभयो,’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर