प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिए शपथ — OSNepal

प्रधानमन्त्री दाहालबाट राज्यमन्त्री चपाईंले लिए शपथ

LC (KTM) April 16, 2023 0

काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईंले शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा प्रधानमन्त्री दाहालले राज्यमन्त्री चपाईंलाई शपथ गराउनुभएको हो । नेकपा (एकीकृत समाजवादी) का नेता एवं राष्ट्रियसभा सदस्य चपाईंलाई प्रधानमन्त्री दाहालले आजै राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

शपथ समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गण्ोशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो । आजै राज्यमन्त्री चपार्इंले मन्त्रालय पुगी पदभार सम्हाल्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर