घूस लिँदालिँदै अख्तियारको टोलीद्धारा सशस्त्र प्रहरी जवान पक्राउ परेपछि

Posted By OSNepal, California, USA || Date: 14 November, 2017

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सशस्त्र प्रहरी जवान शम्भुप्रसाद आचार्यलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल औद्योगिक सुरक्षा गण, कारकाँदो नेपालगन्ज बाँकेमा कार्यरत प्रहरी जवान आचार्यलाई भन्सारबाट सामान छुटाइदिने भन्दै सेवाग्राहीसँग रु सात हजार घूस लिँदालिँदै सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ ।

पक्राउ परेका आचार्यलाई आयोगले आज सार्वजनिक गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता जीवराज कोइरालाले बताउनुभयो ।

.

संबन्धित
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला!