नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै भएको मन्त्री किराँतीको आरोप — OSNepal

नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै भएको मन्त्री किराँतीको आरोप

LC (KTM) April 28, 2023 0

काठमाडौं-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका छन् । क्रवार नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको भन्दै उनले लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका हुन् । किराँतीले नेपालीहरू कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए ।

धेरै विपरीत पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबीको हौँ उनले भने ।किराँतीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरु नै रहेको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर